काठमाडौं, १० बैशाख । सरकारले भोलि मंगलवार देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
कतारका राजा शेख तमिम बिन हमाल अल थानीको दुई दिने नेपाल भ्रमणका अवसरमा भोलि सार्वजनिक बिदा दिने निर्णय गरिएको हो ।
कुनै पनि राष्ट्रका प्रमुख नेपाल भ्रमणमा आउँदा सरकारले यसअघि पनि बिदा दिँदै आएको छ । कतारका राजाको भ्रमणमा विभिन्न सम्झौताहरू गरिने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ ।