नेपालगञ्ज, १२ बैशाख । नेपालगञ्ज वडा नंं १६ जयसपुरवाट बाँके प्रहरीले आज भंसार छलेर ल्याइएका अवैध सामान बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालयवाट खटिएको प्रहरी टोलीले गस्ती गर्दै जाने क्रममा भारतवाट चोरी पैठारी गरी ल्याइएका सामान बरामद गरेको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक नारायण डांगी जानकारी दिनुभयो ।
डांगीका अनुसार प्रहरी टोलीले बच्चाको जुत्ता १६८ जोर, लेडिज मोजा दुई हजार जोर, बच्चाको चप्पल ३२४ जोर छालाको बेल्ट ४०२ पिस, पर्दाको कपडा २०० मिटर, रेफ्रिजेरन्ट ५० पीस लगायतका गरी रु चार लाख ४६ हजार मूल्यका अवैध सामन बरामद गरेको छ ।