• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

सुरक्षा परियोजना: युवा अभियन्ता कार्यशाला सम्पन्न

२०८३ मंसिर ८ गते, सोमबार समय: २०:०२ मिनेट
0 0
0
सुरक्षा परियोजना: युवा अभियन्ता कार्यशाला सम्पन्न
0
शेयरहरू
6
VIEWS
Share on FacebookShare on Twitter

राजापुर, बर्दिया । बाँके युनेस्को क्लब ले प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा सुरक्षा परियोजनाअन्तर्गत राजापुर नगरपालिका, बर्दियामा “युवा अभियन्ताहरूको समीक्षा, दिगोपन योजना तथा आगामी रणनीति विकास” विषयक तीनदिने कार्यशाला सफलतापूर्वक सम्पन्न गरेको छ।

कार्यशालाको मुख्य उद्देश्य युवा अभियन्ताहरूको प्रगति, उपलब्धि तथा योगदानको समीक्षा गर्नुका साथै बाल संरक्षण प्रवर्द्धन, मानव बेचबिखन रोकथाम तथा सुरक्षित आप्रवासनसम्बन्धी सचेतना अभिवृद्धिमा समुदायस्तरमा उनीहरूको निरन्तर सहभागिता सुनिश्चित गर्न व्यावहारिक, स्थानीय अपनत्वमा आधारित दिगोपन योजना तथा आगामी रणनीतिक दिशा तय गर्नु रहेको थियो।

कार्यशालाले युवा अभियन्ता तथा सम्बन्धित सरोकारवालाहरूलाई आफ्ना अनुभव आदानप्रदान गर्ने, चुनौतीहरूबारे आत्मसमीक्षा गर्ने, सिकाइ पहिचान गर्ने तथा आगामी दिनमा निरन्तर सहकार्य र सहयोगका सम्भावनाहरू खोज्ने महत्वपूर्ण अवसर प्रदान गरेको थियो।

तीनदिने कार्यशालाका क्रममा युवा अभियन्ताहरूले समुदायस्तरमा सञ्चालन गरेका गतिविधिहरूबाट हासिल भएका प्रगति, उपलब्धि, अनुभव तथा सिकाइहरू प्रस्तुत गरेका थिए। सहजीकरणसहितको छलफल तथा सहभागितामूलक अभ्यासमार्फत युवा अभियन्ताहरूको पहललाई दिगो बनाउने सन्दर्भमा सबल पक्ष, कमजोर पक्ष, अवसर तथा चुनौतीहरूको पहिचान गर्न  विश्लेषण गरिएको थियो। साथै, आगामी रणनीति निर्माण, व्यावहारिक कार्ययोजना तर्जुमा तथा सामाजिक समस्याहरूको सम्बोधनमा निरन्तर सक्रिय रहने प्रतिबद्धताका विषयमा समेत छलफल गरिएको थियो।

कार्यशालाका क्रममा दुर्गा क्षेत्रीले सुरक्षा परियोजनाका समग्र उद्देश्य तथा उपलब्धिहरूबारे प्रकाश पार्दै युवा अभियन्ताहरूलाई सामाजिक समस्याहरूको सम्बोधनमा नेतृत्वदायी भूमिका निर्वाह गर्न, जिम्मेवारीपूर्वक पहल गर्न तथा समुदायलाई अझ सुरक्षित, संरक्षणमुखी र समावेशी बनाउन निरन्तर योगदान पुर्‍याउन प्रेरित गर्नुभयो।

कार्यशालाको समापन समारोह बाँके युनेस्को क्लबका अध्यक्ष प्रवेज अलि सिद्दिकीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा बाँके युनेस्को क्लबका सह-अध्यक्ष निरज गौतम, राजापुर नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष रमेश दहित, वडा नं. ८ का वडा अध्यक्ष राजेश थारू तथा बाँके युनेस्को क्लब का बित्त तथा प्रशसन ब्यबस्थापक बेद प्रसाद शर्माको उपस्थिति रहेको थियो।

समापन समारोहलाई सम्बोधन गर्दै राजापुर नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष रमेश दहितले समुदायस्तरमा सामाजिक विषयहरूबारे सचेतना अभिवृद्धि गर्न युवा अभियन्ताहरूले निर्वाह गरेको भूमिका तथा योगदानको प्रशंसा गर्नुभयो। उहाँले मानव बेचबिखन, बालविवाह तथा अन्य सामाजिक समस्याहरूको रोकथाममा युवाहरूले सक्रिय नेतृत्व लिनुपर्नेमा जोड दिँदै निरन्तर सामुदायिक सहभागिता र सामूहिक जिम्मेवारीले नै सकारात्मक तथा दिगो परिवर्तन सम्भव हुने बताउनुभयो।

त्यसैगरी, राजापुर नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष राजेश थारूले समाजमा सकारात्मक परिवर्तन ल्याउन युवाहरूको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै युवा अभियन्ताहरूलाई आफ्ना सचेतनामूलक गतिविधिहरूलाई निरन्तरता दिन, समकक्षीलाई परिचालन गर्न र स्थानीय जनप्रतिनिधि तथा समुदायका सरोकारवालाहरूसँग समन्वय एवं सहकार्य गर्दै बालबालिकाका लागि सुरक्षित समुदाय निर्माणमा योगदान पुर्‍याउन आग्रह गर्नुभयो।

बाँके युनेस्को क्लबका सह-अध्यक्ष निरज गौतमले परियोजनाको अवधिभर युवा अभियन्ताहरूले देखाएको समर्पण, सक्रिय सहभागिता तथा नेतृत्व क्षमताको प्रशंसा गर्नुभयो। सुरक्ष्या परियोजनामार्फत प्राप्त ज्ञान, सीप र अनुभवलाई निरन्तर सामुदायिक कार्यमा रूपान्तरण गर्नुपर्नेमा जोड दिँदै उहाँले युवाहरूलाई एकता कायम राख्न, स्थानीय सरकार तथा समुदायका सरोकारवालाहरूसँग समन्वय सुदृढ गर्न र परियोजना अवधि समाप्त भएपछि पनि यस अभियानलाई निरन्तरता दिन स्थानीय अपनत्व र जिम्मेवारी ग्रहण गर्न प्रेरित गर्नुभयो।

समापन मन्तव्यका क्रममा बाँके युनेस्को क्लबका अध्यक्ष प्रवेज अलि सिद्दिकीले युवा अभियन्ताहरूको अमूल्य योगदानको प्रशंसा गर्दै सामाजिक उत्तरदायित्व र सामुदायिक नेतृत्वप्रतिको प्रतिबद्धतालाई निरन्तर कायम राख्न आग्रह गर्नुभयो। उहाँले समाजमा विद्यमान चुनौतीहरूको सम्बोधनका लागि युवाहरूको नेतृत्वमा सञ्चालन हुने पहलहरू अपरिहार्य रहेको उल्लेख गर्दै उपलब्धिहरूलाई दिगो बनाउन सामूहिक प्रयास, प्रभावकारी समन्वय, साझा जिम्मेवारी र स्थानीय अपनत्व आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।

समापन सत्रमा युवा अभियन्ताहरू सबित्रा सुनार र हेमन्त चौधरीले कार्यशालाबाट प्राप्त मुख्य सिकाइ, अनुभव, आत्मसमीक्षा तथा आगामी योजनाहरू प्रस्तुत गर्नुभयो। उहाँहरूले समुदायसँगको निरन्तर सम्पर्क, सचेतना अभिवृद्धि तथा सामाजिक समस्याहरूको विरुद्ध सामूहिक अभियानलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्दै विशेषगरी मानव बेचबिखन तथा बाल संरक्षणसम्बन्धी सवालहरूमा सक्रिय रहने बताउनुभयो।

परियोजनाअन्तर्गत युवा अभियन्ताहरूले पुर्‍याएको महत्वपूर्ण योगदान, सक्रिय सहभागिता तथासमर्पणको कदरस्वरूप उहाँहरूलाई प्रशंसापत्रसमेत प्रदान गरिएको थियो । कार्यशालाको सहजीकरण नमस्कार शाहले गर्नुभएको थियो भने बाँके युनेस्को क्लबका कार्यक्रम संयोजक ईश्वर बी.के.ले प्राविधिक तथा समन्वयात्मक सहयोग गर्नुभएको थियो। कार्यक्रममा बाँके युनेस्को क्लबका फिल्ड सुपरभाइजरहरू सबित्रा भाट र प्रमिशा थारूको समेत सहभागिता रहेको थियो।

अघिल्लो पोस्ट

बाढी प्रभावित परिवारलाई राहत तथा जीविकोपार्जन सहयोग

सम्बन्धित समाचार

बाढी प्रभावित परिवारलाई राहत तथा जीविकोपार्जन सहयोग
गतिविधि

बाढी प्रभावित परिवारलाई राहत तथा जीविकोपार्जन सहयोग

सरोकारवालाहरूका लागि बाल संरक्षण सूचना व्यवस्थापन सम्बन्धि तालिम
लुम्बिनी प्रदेश

सरोकारवालाहरूका लागि बाल संरक्षण सूचना व्यवस्थापन सम्बन्धि तालिम

स्टिम शिक्षा सम्बन्धी तालिम: बर्दियाका ७ पालिकाका ३६ शिक्षक लाभान्वित
लुम्बिनी प्रदेश

स्टिम शिक्षा सम्बन्धी तालिम: बर्दियाका ७ पालिकाका ३६ शिक्षक लाभान्वित

सुरक्षित भविष्य परियोजना: पैरवी तालिम
लुम्बिनी प्रदेश

सुरक्षित भविष्य परियोजना: पैरवी तालिम

बाल विवाह मुक्त समुदाय निर्माणका लागि सामूहिक प्रयास 
लुम्बिनी प्रदेश

बाल विवाह मुक्त समुदाय निर्माणका लागि सामूहिक प्रयास 

मानव बेचबिखन नियन्त्रणमा स्थानीय प्रयास 
लुम्बिनी प्रदेश

मानव बेचबिखन नियन्त्रणमा स्थानीय प्रयास 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist