नेपालगञ्ज, ९ बैशाख । बाँके प्रहरीले आज दिउसो नेपालगञ्जको बसपार्क क्षेत्रवाट भंसार छलेर ल्याइएका अवैध सामान बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालयवाट खटिएको प्रहरी टोलीले बसपार्क क्षेत्रस्थित गोविन्द महतको घर अगाडीवाट करिब रु. दुई लाख ९२ हजार बराबरको विभिन्न सामग्री बरामद गरेको हो ।
जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक नारायण डांगीका अनुसार, प्रहरी टोलीले भंसार छलेर ल्याइएका चामल २५ किलोको ८५ बोरा, चिनी २५ किलोको ९१ बोरा, चकलेट पाँच बोरा, डिजिटल तराजु एक थान र बोरा सिलाउने मेसिन एक थान बरामद गरेको हो ।
बरामद गरिएका सामान आवश्यक कारवाहीका लागि नेपालगञ्ज भंसार कार्यालयमा आजै पठाइएको बताइएको छ ।