कैलाली, १३ साउन । सुदूरपश्चिम सरकारका दुई मन्त्रीको जीप आज दिउसो कैलाली जिल्लाको लम्कीमा दृर्घंटनामा परेको छ । मन्त्री सवार दुई जीप आपसमा ठोक्किएर दुर्घटनामा परेको हो ।
भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र पाल र आन्तरिक मामिला तथा कानून मन्त्री हिरासिंह सार्की सवार जीप आपसमा ठोक्किएर दुर्घटनामा परेको कैलाली जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
कैलालीको चिसापानीमा आयोजित एक कार्यक्रममा सहभागि हुन जाँदै गर्दा से १ झ ३३० र बा २ झ १४१९ नम्बरका जीप एक(आपसमा ठोक्किएका थिए ।
प्रहरीका अनुसार दुर्घटनामा कुनै मानवीय क्षति भएको छैन । प्रहरीले दुर्घटनाका कारणबारे अनुसन्धान गरिरहेको जनाएको छ ।








