नेपालगञ्ज, ५ जेठ । बाँकेसंग सीमाना जोडिएका नेपाल-भारतको सीमानाका आजदेखि केहि दिनका लागि बन्द हुने भएको छ ।
भारतको उत्तर प्रदेश राज्यस्थित बहराइच जिल्लामा जेठ ७ गते हुने लोकसभा निर्वाचनलाई लक्षित गरी आज राती साढे १० बजेदेखि जेठ ७ गते बेलुकी ५ बजेसम्म बाँकेको मुख्य सीमाना जमुनाहासहित अन्य नाका बन्द रहने जिल्ला प्रशासन कार्यालय जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय बाँकेले आज जारी गरेको सूचनामा भारतममा हुने चुनावलाई शान्तिपूर्ण रुपमा सम्पन्न गराउन सहयोग पुर्याउने उद्देश्यले सीमानाका बन्द गरिएको उल्लेख छ ।