नेपालगञ्ज, १२ चैत । सुदुरपश्चिम प्रदेशको जिल्ला अछामको मेल्लेख गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा ५ जनाको ज्यान गएको छ भने तीन जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय, अछामका सूचना अधिकारी प्रहरी निरीक्षक अर्जुन साउदका अनुसार, मेल्लेख–७ नन्देगडाको सुयडीमा आज सोमवार बिहान भएको दुर्घटनामा मेल्लेख–१ का ५५ वर्षीय रङ्ग धामी, १५ वर्षीय जनक धामी, ४५ वर्षीय प्रेम धामी, ३७ वर्षीय नरबहादुर धामी र २१ वर्षीय जनक धामी रहेका छन् ।
दुर्घटनामा सोही स्थानका ४२ वर्षीय लालबहादुर धामी, ४० वर्षीय हंश धामी र १५ वर्षीय देवेन्द्र धामी घाइते ३ जना घाइते भएका छन् ।
अछामको षोडशाबाट साँफेबगरतर्फ जाँदै गरेको ४९७९ नं. को ट्याक्टर सुयडी नजिकै दुर्घटना भएको प्रहरी निरीक्षक साउदले बताउनुभयो । घाइते तीनै जनालाई उपचारका लागि बयलपाटा अस्पताल लगिएको छ ।