नेपालगञ्ज, २५ असार । नेपालगञ्जका मेयर प्रशान्त विष्टले मानव सेवा सबै धर्मको सार भएको बताउनुभएको छ । नेपालगञ्जको वडा नं. १० आदर्शनगरमा आजदेखि संचालनमा ल्याइएको मानव सेवा आश्रमको उद्घाटन गर्दै मेयर विष्टले आश्रमलाई उपमहानगरपालिकोतर्पmवाट सक्दो सहयोग गरिने प्रतिबद्दता जनाउनुभयो ।
उपमेयर कमरुद्धिन राइ र बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले मानव सेवाको भावना जागृत गराउने चुनौति आश्रमले पूरा गर्नसक्नु पर्छ भन्नुभयो । त्यस अवसरमा कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारी, जानकी गाउँपालिका अध्यक्ष छब्बन खाँ र नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका बरिष्ठ उपाध्यक्ष शुक्रऋषि चौलागाईले पनि बोल्नु भएको थियो । देशका धेरै स्थानमा संचालनमा रहेको मानव सेवा आश्रम नेपालगञ्जमा १०औं शाखाका रुपमा स्थापना गरिएको हो ।
© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.