बाँके, १९ भदौ । जानकी गाउँपालिकाले मुस्लिम समुदायको पर्व ‘मोहम्मद डे’ को अवसरमा भोलि शुक्रबार सार्वजनिक विदा दिने निर्णय गरेको छ । पालिका अध्यक्ष छब्बन खाँद्वारा बुधबार जारी सूचनामा गाउँ कार्यपालिकाको कार्यालय र सो अन्तर्गत रहेका वडा कार्यालय, स्वास्थ्य संस्था तथा शिक्षण संस्थाहरुमा विदा दिइएको उल्लेख छ ।
तर, सो पालिका मातहत अन्तर्गतका कार्यालयहरुमा अत्याबश्यक सेवा भने सुचारु रहने प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्यायले बताउनुभयो ।
नेपालसहित बिश्वभरका इस्लाम धर्मालम्वीले इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामको जन्मजयन्तीलाई ‘मोहम्मद ड’ का रुपमा मनाउँने गर्दछन् ।








