नेपालगञ्ज, २६ असार । बाँके जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा संदिपजंग शाहलाई नियुक्त गरिएको छ । लुम्बिनी प्रदेश खेलकुद परिषद्ले शाहलाई अध्यक्षमा नियुक्त गरेको हो । यस्तै उपाध्यक्षमा चेतकान्त भट्टराई र कोषाध्यक्षमा वीरेन्द्र शाही, सदस्यहरुमा मञ्जु शाह, रेवती सिंह, दिपक वली, मोहम्मद जावेद हलवाई, रन्जितसिंह सिजापति र चन्द्र रानालाई नियुक्त गरिएको प्रदेश खेलकुद परिषद् लुम्बिनीका सदस्यसचिव जयप्रकाश भट्टराईले बताउनुभयो ।
समितिको अध्यक्षमा नियुक्ति पाउनु भएका शाह नेपाल तरुण दल नेपालगञ्ज नगरका सभापति समेत हुनुहुन्छ । गत बैशाखमा भएको स्थानीय तह निर्वाचनमा कांग्रेसका तर्पmवाट नेपालगन्ज वडा नं. १३ मा वडा अध्यक्ष पदका उम्मेदवार शाह केहि मत अन्तरले पराजित हुनुभएको थियो । शाहको नियुक्तिलाई कांग्रेसभित्र पनि केहिले निको मानेका छैनन् । ‘उनीहरुको भनाइ छ—‘एउटै व्यक्तिलाई जहा भएपनि स्थापित गर्नैपर्ने प्रवृत्तिले आमकार्यकर्ताको मनोबल कमजोर बनाउछ ।’ नाम नछाप्ने शर्तमा एक कांग्रेसी कार्यकर्ताको भनाइ छ—‘चित मेरो, पट पनि मेरो प्रवृत्ति त राम्रो भएन् नी ।
© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.