नेपालगञ्ज, ११ असार । सरकारले पेट्रोल र डिजेलमा मूल्य घटाउने निर्णय गरेको छ । उद्योग तथा आपुूर्त मन्त्री दिलेन्द्रप्रसाद वडुले आज पत्रकार सम्मेलनमार्पmत पेट्रोलमा प्रतिलिटर २० र डिजेलमा प्रतिलिटर २८ रुपैया मूल्य घटाउने निर्णय भएको जानकारी दिनुभयो । सरकारी निर्णय अनुसार, आज राती १२ बजेदेखि नै मूल्य समायोजन गरिने नेपाल आयल निगमले जनाएको छ । पेट्रोलियम पदार्थमा लगाएका करहरू कटौती गरी मूल्य समायोजन गर्न लागिएको हो । कर कटौती भएसँगै अब पेट्रोल प्रतिलिटर १७९ र डिजेल १६४ रुपैयाँमा कारोबार हुनेछ ।