नेपालगञ्ज, २ पुस । जिल्ला ट्राफिक कार्यालय, बाँकेले ५ महिनाको अवधिमा जरीवाना वापत करिब १ करोड राजश्व संकलन गरेको छ ।
जिल्ला ट्राफिक प्रहरी प्रमुख गोपीकृष्ण सुवेदीका अनुसार, चालू अर्थिक वर्षको उक्त मंसिर मसान्तसम्म ट्राफिक नियमको उल्लंघन गर्ने ११ हजार बढी सवारीसाधनको कारवाही वापत ९१ लाख ४८ हजार बढी राजश्व संकलन भएको छ ।
यस्तै, सोही अवधिमा मादक पदार्थ सेवन (मापसे) गरी सवारी साधन चलाउने ८ सय १९ जनाको कारबाहीवाट ८ बढी राजस्व संकलन गरेको छ ।
© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.