नेपालगञ्ज, १२ असार । लागूऔषध दुरुपयोग तथा ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस आज बाँकेलगायत देशैभर विभिन्न कार्यक्रमको आयोजना गरि मनाइएको छ । दिवसका अवसरमा लागुऔषधविरुद्ध सर्वसाधारणमा जागरण ल्याउन प्रभातफेरी, सरोकारवाला निकायबीच अन्तरक्रिया, लागुऔषधि नियन्त्रणमा उत्कृष्ट काम गर्नेलाई पुरस्कार वितरण, रक्तदानलगायतका कार्यक्रम गरिएका छन् । बाँके जिल्लाको सदरमुकाम नेपालगञ्जमा आज बिहान प्रभातफेरी गरिएको थियो । प्रभातफेरीपछिको कार्यक्रमलाई सम्बोधन गर्दै बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्रबहादुर केसीले लागुऔषध सेवन तथा ओसारपोसारको नियन्त्रणमा समाजका सबै पक्ष चनाखो र जिम्मेवार बन्नुपर्नेमा जोड दिनुभयो ।
© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.