नेपालगञ्ज, ९ असार । नेपालगन्जका मेयर प्रशान्त विष्टले अल्पकालिन, मध्यकालिन र दीर्घकालिन योजनाका साथ नगरको स्तरोन्नती गरिने बताउनुभएको छ । बिहिवार भएको नेपालगञ्ज उपमहानगरपालिको ११ औं नगरसभामा मेयर विष्टले नगरको भौतिक पूर्वाधार विकास, पर्यटन, शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखिएको छ भन्नुभयो । ‘नगरसभामा प्रस्तुत आगामी आर्थिक वर्ष २०७९÷८० को नीति, तथा कार्यक्रम र बजेटले नगरको धेरैथोरै सबै पक्षलाई समेटेको छ’—मेयर विष्टको भनाई छ । नगरसभामा मेयर विष्ट आपैmले नीति तथा कार्यक्रम र उपमेयर कमरुद्धिन राईले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नु भएको थियो । उपमेयर राईले १ अर्व ६३ करोड ६५ लाख ७२ हजार ४ सय रुपैयाँ बराबरको बजेट प्रस्तुत गर्नुभएको छ । नगरसभामा नेपालगन्जको २३ वडाका १ सय १७ नगर सभासदको सहभागिता थियो ।
© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.