नेपालगञ्ज, ९ असार । बाँकेका बालबालिकालाई आजदेखि कोरोनाविरुद्धको खोप लगाउन शुरु गरिएको छ । फोकलपर्सन नरेश श्रेष्ठका अनुसार, ५ देखि ११ वर्षसम्मका बालबालिकालाई कोरोनाविरुद्धको फाइजर खोप लगाउन सुरु गरिएको हो । असार ११ गतेसम्म जिल्लाका ७६ हजार २३९ जना बालबालिकालाई खोप लगाउने लक्ष्य लिइएको श्रेष्ठले बताउनुभयो ।
बाँकेका सबै ८ वटै पालिकाका ८१ वडामा खोप लगाउने व्यवस्था गरिएको छ । खोप लगाउन महिला स्वयंसेविकाहरुलाई परिचालन गरिएको छ । केन्द्रवाट बाँकेका लागि ८० हजार डोज खोप प्राप्त भएको स्वास्थ्य कार्यालय, बाँकेका प्रमुख धिरजङ्ग शाहले जानकारी दिनुभयो ।
© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.