नेपालगञ्ज, ५ असार । बाँकेका झण्डै ७६ हजार बालबालिकालाई कोरोनाविरुद्धको खोप दिने तयारी थालिएको छ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख धिरजङ्ग शाहका अनुसार, यही असार ९ गतेदेखि ११ गतेसम्म खोप दिन लागिएको हो । ५ वर्षदेखि ११ वर्षसम्मका बालबालिकालाई ‘फाइजर–बायोएनटेक’ नामको खोप लगाउन बाँकेको आठ वटै स्थानीय तहमा स्वास्थ्यकर्मी परिचालन गरिएको छ । खोप फोकलपर्सन नरेश श्रेष्ठले नेपालगन्जमा २० हजार, कोहलपुर नगरपालिकामा १० हजार नरैनापुरमा ६ हजार, बैजनाथमा ८ हजार, डुडुवामा ६ हजार, जानकीमा ६ हजार खजुरामा ८ हजार र राप्तीसोनारी गाउँपालिकाका ९ हजारभन्दा बढी बालबालिकालाई खोप दिन लागिएको छ । बाँकेमा ८४ प्रतिशतले पहिलो, ७१ प्रतिशतले पहिलो र दोस्रो र १८ प्रतिशतभन्दा बढीले वुष्टर डोज खोप लगाइसकेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.