नेपालगन्ज, ५ असार । नेपालगञ्ज उपमहानगरपालिका आर्थिक विकासको योजना निर्माणको तयारीमा जुटेको छ । आर्थिक विकास योजना निर्माण अन्तर्गत आज उपमहानगरपालिकाले आर्थिक क्षेत्रसँग सरोकार राख्ने विभिन्न संघ संस्थाका प्रतिनिधिसंग कार्यशाला गरेको छ । कार्यशालामा मेयर प्रशान्त विष्टले सधैभरी आर्थिक श्रोतका लागि संघीय र प्रदेश सरकारको मुख ताकेर बस्नुपर्ने अवस्थाको अन्त्य गरिनेमा जोड दिनुभयो । मेयर विष्टले अबदेखि नेपालगञ्जमा रणनीतिक र योजनावद्ध हिसावले काम अघि बढाइनेछ भन्नुभयो । कार्यशालामा प्रमुख प्रशासकीय अधिकृत जगत बसनेतले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट निर्माणको क्रममा रहेको अवस्थामा आर्थिक क्षेत्रका सरोकारवालासँग आर्थिक विषयमा छलफल हुनु आफैमा महत्वपूर्ण उपलव्धि भएको बताउनुभयो । त्यस अवसरमा सामाजिक विकास शाखा प्रमुख कृष्णप्रसाद जोशी नेतृत्वको कार्यदलले तयार पारेको आर्थिक विकास रणनीति सम्बन्धि प्रारम्भिक मस्यौदामामाथि छलफल गरिएको थियो । कार्यशाला आर्थिक विकास समितिका संयोजक एवम वडा नम्बर ४ का वडा अध्यक्ष गोपाल पुनको अध्यक्षमा भएको थियो ।
© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.