बाँके प्रहरीले हातहतियार खरखजना मुद्दाका फरार एक प्रतिवादीलाई पक्राउ गरेको छ । २०७२ कात्तिक १ गते बाँके जिल्ला अदालतवाट एक वर्षको सजाय पाएका बाँके डुडुवा गाउँपालिका—६ का ४५ बर्षिय पहलमान पासीलाई प्रहरीले पक्राउ गरेको हो । सजाय पैmसला भएकै दिनवाट फरार रहेका पासीलाई जिल्ला प्रहरी कार्यालयवाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । पासीलाई बाँके जिल्ला अदालतमा बुझाइएको बाँकेका प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिनुभयो ।