नेपालगन्ज, ४ असार । आर्थिक वर्ष २०७९/८० को नीति, कार्यक्रम तथा बजेटको गृहकार्यमा बाँकेका पालिकाहरु तयारीमा जुटेका छन् । गाउँ तथा नगरसभा २०७९ असार १० गतेभित्र गरिसक्नुपर्ने भएकाले पालिकाहरु त्यसको तयारीमा जुटेका हुन् । पालिकाहरुद्धारा प्रस्तुत हुने नीति तथा कार्यक्रमको स्थानीय तहबाट सुझाव संकलन गर्ने कार्यक्रम अहिले भइरहेको राप्तिसोनारी गाउँपालिकाका अध्यक्ष तप्त पौडेलले जानकारी गराउनुभयो ।
पालिकाहरुले वडा वडाका योजना संकलन गर्दै सोको आधारमा समग्र पालिकाको नीति तथा कार्यक्रम र बजेट तय गर्ने जनाइएको छ । बाँकेमा नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका तथा खजुरा, जानकी, राप्तिसोनारी, बैजनाथ, नरैनापुर र डुडुवा गाउँपालिका गरी ८ पालिका रहेका छन् ।
© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.