नेपालगञ्ज, १ असार । नेपालगञ्जको धम्बोझी—१ मा रहेको वाटरपार्कलाई नगरकै महत्वपूर्ण पर्यटकीयस्थलको रुपमा विस्तार गरिएको छ । वडा नं. १ का अध्यक्ष प्रमोद रिजालका अनुसार, वाटरपार्कको कूल ६५ विगाहा क्षेत्रफल मध्ये १० विगाहा तलाउ नौकाबिहारका लागि प्रयोगमा ल्याइएको छ । तलाउलाई पौडी पोखरीका रुपमा समेत विस्तार गरिएको छ । पार्कमा आकर्षक र मनमोहक पूmलबारी, चिल्ड्रेनपार्क, व्यापारी प्रयोजनका पसलकोठा लगायतका संरचना निर्माण भएका छन् । यसैगरी, वाटरपार्क क्षेत्रभित्र १६ देखि ६ मिटरसम्मको पक्की सडक निर्माण गरिएको छ । यसका साथै नेपालगन्जको सुर्खेत सडकदेखि बर्दियाको गुलेरिया सडक जोडने २१ मिटर चौडाईको मुख्य सडक पनि पार्कसंग जोडिएको छ ।
वाटरपार्क निर्माणको योजना १२ वर्षअघि तयार गरिएको हो । २०६५ सालमा शुरु भएको यो योजना शुरुवाती चरणमा जग्गा अधिग्रहणको क्रममा स्थानियसंग कुरा नमिल्दा यसको निर्माण झण्डै पाँच वर्ष पर धकेलियो । जग्गा अधिग्रहणमा कुरा मिलेपछि समग्र निर्माणको कामले गति लिएको छ । जग्गा अधिग्रहण गरिएकालाई अस्थायी जग्गाधनी पुर्जा वितरण गरिएको छ । ‘यो योजनाको अनुमानित लागत रु ७० करोड हो । अबको १ वर्षभित्र पार्क क्षेत्रको निर्माण सक्ने लक्ष्य छ ।
पश्चिम नेपालकै नमूनाका रुपमा रहेको वाटरपार्क निर्माणमा बजेटको निकासा रोकिएन र अन्य व्यवधान आएन भने समयभित्रै निर्माण सक्ने अध्यक्ष रिजालको भनाइ छ । निर्माणको काम छिटो सक्न पाँच वटा ब्लक खडा गरिएको छ । प्रत्येक ब्लकलाई छुट्टाछुट्टै कामको जिम्मेवारी पनि तोकिएको छ । वाटरपार्कमा आन्तरिक र बाह्य पर्यटक आकर्षित गर्ने, आर्थिक विकासको आधार बलियो बनाउने र नेपालगन्जको पहिचानलाई थप उचाईमा पु¥याउन यहाका जनप्रतिनिधिहरु, नागरिक समाज, राजनीतिक दल र सर्वसाधारणहरु समेत एकमत देखिएका छन् ।
© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.