धार्मिक सहिष्णुतामा खलल पुर्याउने किसिमको लेखरचना, ब्याङ्ग्यात्मक चित्रण जस्ता गतिविधिहरु सामाजिक संजालमर्फत् पोष्ट तथा शेयर गर्नेमाथि जिल्ला प्रहरी कार्यालय बाँकेले कारवाही गर्ने चेतावनी दिइएको छ । यस्ता क्रियाकलापहरु पछिल्लो समय बढ्दो क्रममा देखिएकोले गम्भिर ध्यानाकर्षण भएको जिल्ला प्रहरी कार्यालयले आज जारी गरेको सूचनामा उल्लेख छ । सूचनामा धार्मिक तथा साम्प्रदायिक भावनामा खलल पुर्याउने किसिमका लेखरचना, ब्याङ्ग्यात्मक चित्रण जस्ता गतिविधिहरु सामाजिक संजालमा सम्प्रेषण नगर्न अनुरोध गरिएको छ । तथापी कसैले अटेर गरेको पाइएमा मुलुकी अपराध संहिताबमोजिम दुई वर्षसम्म कैद र २० हजारसम्म जरिवाना हुने जिल्ला प्रहरी कार्यालयद्धारा जारी सूचनामा उल्लेख छ ।
© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.