नेपालगञ्ज, २७ जेठ । नेपाली कांग्रेसका तर्पवाट ज्ञानेन्द्रकुमार चौधरी जिल्ला समन्वय समिति बाँकेको प्रमुखमा निर्वाचित हुनुभएको छ । आप्ना निकटतम् प्रतिद्धन्दी जनता समाजवादी पार्टी (जसपा) का उमेश ुमार कुर्मीलाई १० मत अन्तरले पछि पार्दै चौधरी निर्वाचित हुनुभएको हो । मुख्य निर्वाचन अधिकृत खडानन्द तिवारीका अनुसार, चौधरीले १३ र कुर्मीले ३ मत पाउनुभएको छ । चौधरी यसअघि जिल्ला समन्वय समितिमा उपप्रमुख हुनुहुन्थ्यो । बैशाख ३१ गते भएको स्थानीय तह निर्वाचनमा चौधरी बाँके डुडुवा १ बाट वडा सदस्यमा निर्वाचित हुनुभएको थियो । यस्तै महिला सदस्यमा माओवादी केन्द्रबाट नेपालगञ्ज ४ की रेवती दमाई, जसपाबाट नेपालगञ्ज ५ की तरुन्नुम बानो शेष र नेकपा एकीकृत समाजवादीबाट बैजनाथ ५ की चमेली थरुनी निर्वाचित हुनुभएको छ । उपप्रमुखमा नेपाली कांग्रेसवाट सीता कार्की भने निर्विरोध निर्वाचित हुनुभएको मुख्य निर्वाचन अधिकृत तिवारीले बताउनुभयो ।
© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.