नेपालगन्ज, जेठ २७ । जिल्ला समन्वय समिति बाँकेको निर्वाचनको प्रमुख पदमा दुई उमेद्वार प्रतिष्प्रधामा छन् । प्रमुख पदमा नेपाली काँग्रेसका ज्ञानेन्द्र कुमार चौधरी र जनता समाजवादी पार्टी (जसपा) का उमेश कुमार कुर्मीको उम्मेदवारी परेको छ । चौधरी यसअघि जिल्ला समन्वय समितिमा उपप्रमुख हुनुहुन्थ्यो । कुर्मी भने जानकी गाउँपालिका वडा नम्बर ३ बाट वडा सदस्यमा निर्वाचित हुनुभएको हो ।
जिल्ला समन्वय समितिमा कांग्रेसको बहुमत रहेको छ । शुक्रबार विहान ११ बजेदेखि १ बजेसम्म मतदानको समय तोकिएको छ । शिक्षा विकास तथा समन्वय इकाईस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतदान हुने मुख्य निर्वाचन अधिकृत खडानन्द तिवारीले जानकारी दिनुभयो । उपप्रमुखमा कोहलपुर नगरपालिका ५ बाट वडा सदस्यमा निर्वाचित नेपाली कांग्रेसका सीता कार्की निर्विरोध निर्वाचित हुनुभएको छ ।
जिल्ला समन्वय समितिमा प्रमुख र उपप्रमुख सहित ९ सदस्य निर्वाचित हुने व्यवस्था छ जसमा तीन सदस्य महिला अनिवार्य हुने व्यवस्था रहेको छ ।
© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.