नेपालगन्ज, जेठ २७ । नेपालगञ्जमा फेरी लागुऔषधको कारोबार बढन थालेको छ । बाँकेको सदरमुकार नेपालगन्ज लागु औषध कारोबारी तथा दुव्र्यसनीहरुका लागि सधै केन्द्रविन्दुका रुपमा रहने गरेको छ । विशेषगरी कर्णाली, लुम्बिनी तथा सुदुरपश्चिमका पहाडी जिल्लामा हुने गाँजा खेती र त्यसवाट तयार गरिने चरेस, अफिमलगायतका लागुऔषध नेपालगन्जको जमुनहानाकावाट भारत पठाउने गरिएको छ । यसैगरी, भारतवाट ब्राउनसुगरलगायत ओखतीका रुपमा प्रयोग हुने लागुऔषध नेपालगन्ज भित्रिने गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेका अनुसार, जमुनहानाकावाट लागुऔषध निकासी गर्न खोज्नेलाई पक्राउ गर्ने गरिएको छ । यसका साथै नेपालगन्जका विभिन्नस्थान र होटलहरुमा कारोबारीको बसउठ हुने गरेको प्रवक्ता न्यौपाने बताउनुहुन्छ । निकासीको पछिल्लो कडीका रुपमा जमुनाहा नाकाबाट बिहीवार ४ सय ५० मिलिग्राम ब्राउनसुगर बर।मद गरिएको छ । लागुऔषधसहित बाँकेका श्रवण सुनार, अछामका नवीन विष्ट, भारत बहराइचका बब्बु घोसी र राहुल शाहीलाई प्रहरीले पक्राउ गरेको छ ।
उनीहरुको साथमा रहेको भे ६ प ९७७३ नम्वरको स्कुटीसमेत प्रहरीले नियन्त्रणमा लिएको छ । भारतीय कारोबाी सुनार र शाहीले ब्राउनसुगर विष्ट र घोषीलाई विक्री गर्न ल्याएको प्रहरीले उनीहरुको बयान उद्यृत गर्दै जानकारी गराएको छ । पक्राउ परेका चारै जना युवालाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता न्यौपानेले बताउनुभयो ।