नेपालगन्ज, ८ कात्तिक । लुम्बिनी स्पोर्टस अवार्डको प्रचारप्रसार संयोजकमा खेल पत्रकार गजे थापा (जी.थापा) मनोनित हुनु भएको छ ।
खेलाडी र खेलकर्मीको योगदानलाई सम्मान गर्दै उहाँहरुको हौसला बढाउन आयोजना गर्न लागिएको लुम्बिनी स्पोर्टस अवार्ड आगामी मंसिर १८ गते नेपालगञ्जमा हुँदैछ ।
लुम्बिनी प्रदेशमा पहिलो पटक हुन लागेको लुम्बिनी स्पोर्टस अवार्डको प्रचारप्रसारलाई तिव्रता दिनका लागि थापालाई संयोजकमा मनोनित गरिएको आयोजक रंगशाला नेपाल मिडिया प्रालिका प्रबन्ध निर्देशक कमल खत्रीले बताउनु भयो ।
संयोजकमा मनोनित थापा खेल पत्रकारितामा एक दशकदेखि सक्रिय हुनुहुन्छ । नागरिक दैनिकबाट पत्रकारिता सुरु गर्नु भएका थापा हाल कालपृष्ठ दैनिकको खेल विधा संयोजक हुनुहुन्छ भने रंगशाला न्युज डट कमको सम्पादक रुपमा खेल पत्रकारितामा सक्रिय हुनुहुन्छ । फोटो पत्रकारितामा सक्रिय रहनु भएका थापा नेपाली फुटबलको चर्चित टिम मनाङ मस्र्याङदी क्लब (एमएमसी) को फ्यान क्लबको पुर्व अध्यक्ष समेत हुनुहुन्छ ।
लुम्बिनी स्पोर्टस अवार्डको पहिलो संस्करणमा विभिन्न चार विधामा खेलाडी र खेलकर्मीलाई अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ । अवार्डमा उत्कृष्ट पुरुष खेलाडी अवार्ड, उत्कृष्ट महिला खेलाडी अवार्ड, विशेष अवार्ड र उत्कृष्ट टिम अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ ।








