• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

बाल विवाह मुक्त समुदाय निर्माणका लागि सामूहिक प्रयास 

२०८३ कार्तिक १८ गते, मंगलवार समय: १६:०५ मिनेट
0 0
0
बाल विवाह मुक्त समुदाय निर्माणका लागि सामूहिक प्रयास 
0
शेयरहरू
5
VIEWS
Share on FacebookShare on Twitter

बर्दिया, १७ कात्तिक । सुरक्षित भविष्य परियोजना अन्तर्गत बालविवाह तथा हानिकारक परम्परागत अभ्यासहरूको अन्त्यमा स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाहरूको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम मधुवन नगरपालिकामा सफलतापूर्वक सम्पन्न भएको छ। उक्त कार्यक्रम बाँके युनेस्को क्लब, राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालन गरिएको हो।

कार्यक्रममा नगर उपप्रमुखसहित स्वास्थ्य, शिक्षा, प्रशासन तथा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका प्रतिनिधिहरू, मधुवन नगरपालिका अस्पतालका प्रतिनिधि तथा विभिन्न स्वास्थ्य संस्थाका प्रमुख गरी १८ जना सरोकारवालाहरूको सहभागिता रहेको थियो। अन्तरक्रियाले बालविवाह तथा हानिकारक परम्परागत अभ्यासहरूको न्यूनीकरणका लागि संस्थागत सहकार्य, अनुभव आदानप्रदान र साझा प्रतिबद्धता सुदृढ गर्ने महत्वपूर्ण अवसर प्रदान गरेको थियो।

कार्यक्रममा मधुवन नगरपालिकाका उपप्रमुख अनिता चौधरीले बाँके युनेस्को क्लबले समुदायस्तरमा सञ्चालन गर्दै आएका बाल संरक्षण सम्बन्धी पहलहरूको प्रशंसा गर्दै बालविवाह रोकथाम तथा जनचेतना अभिवृद्धि पुर्‍याएको सकारात्मक योगदानको सराहना गर्नुभयो। साथै, किशोर किशोरी तथा भावनात्मक र मनोसामाजिक चुनौतीहरूको सामना गरिरहेका व्यक्तिहरूलाई आवश्यक परामर्श तथा सहयोग उपलब्ध गराउने उद्देश्यले नगरपालिकाले मनोवैज्ञानिक परामर्श सेवा स्थापना गर्ने योजना रहेको जानकारी गराउनुभयो।

त्यसैगरी, शिक्षा शाखा प्रमुखले बालविवाह अन्त्यका लागि नगरपालिका अन्तर्गतका विभिन्न शाखाहरू, गैरसरकारी संस्थाहरू तथा समुदायमा आधारित क्लबहरूबीच प्रभावकारी समन्वय र सामूहिक प्रयास आवश्यक रहेकोमा जोड दिनुभयो।

स्वास्थ्य शाखा प्रमुख गीता घिमिरेले विभिन्न स्वास्थ्य संस्थाका प्रतिनिधिहरूलाई समुदायस्तरका जनचेतनामूलक गतिविधिमा सक्रिय सहभागिता जनाउन, किशोर किशोरी मैत्री स्वास्थ्य सेवा प्रवाह गर्न, स्वास्थ्य संस्थामा सेवा लिन आउने किशोरकिशोरीलाई सम्मानजनक र संवेदनशील व्यवहार गर्न तथा तथ्याङ्क र अभिलेख व्यवस्थापनलाई व्यवस्थित बनाउन आग्रह गर्नुभयो।

विभिन्न स्वास्थ्य संस्थाका प्रतिनिधिहरूले पनि बाँके युनेस्को क्लबका समुदायस्तरका पहलहरूमा सक्रिय साझेदारी गर्दै बाल संरक्षण प्रवर्द्धन र बालविवाह रोकथामका लागि सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रमको अन्त्यमा समुदायस्तरमा नियमित अनुगमन गर्ने, बालविवाहका घटनाहरूको समयमै पहिचान तथा जानकारी गराउने, परामर्श सेवालाई थप सुदृढ गर्ने र स्वास्थ्य संस्था भन्दा बाहिर गई परिवार तथा समुदायसम्म पुग्ने गरी संयुक्त जनचेतनामूलक अभियान सञ्चालन गर्ने साझा प्रतिबद्धता व्यक्त गरियो। साथै, बाल संरक्षणका प्रयासहरूलाई दिगो र प्रभावकारी बनाउन निरन्तर समन्वय, संस्थागत जवाफदेहिता र सबै तहको सामूहिक सक्रियता अपरिहार्य रहेको निष्कर्ष निकालियो।

कार्यक्रमको सहजीकरण बाँके युनेस्को क्लब, सुरक्षित भविष्य परियोजनाका परियोजना संयोजक गोविन्द प्रसाद लामिछानेले गर्नुभएको थियो भने संरक्षण अधिकृत विजय शर्माले सहयोग गर्नुभएको थियो। कार्यक्रमको व्यवस्थापन तथा समन्वय फिल्ड सुपरभाइजरहरू मिनु थारु र दीक्षा बिष्टले गर्नुभएको थियो।

अघिल्लो पोस्ट

मानव बेचबिखन नियन्त्रणमा स्थानीय प्रयास 

सम्बन्धित समाचार

मानव बेचबिखन नियन्त्रणमा स्थानीय प्रयास 
लुम्बिनी प्रदेश

मानव बेचबिखन नियन्त्रणमा स्थानीय प्रयास 

करियर परामर्श तथा व्यवसाय अभिमुखीकरण: आत्मनिर्भरताको दिशामा नयाँ अवसर
लुम्बिनी प्रदेश

करियर परामर्श तथा व्यवसाय अभिमुखीकरण: आत्मनिर्भरताको दिशामा नयाँ अवसर

युवा नागरिक स्कोर कार्ड सम्बन्धी प्रशिक्षक प्रशिक्षण सम्पन्न
लुम्बिनी प्रदेश

युवा नागरिक स्कोर कार्ड सम्बन्धी प्रशिक्षक प्रशिक्षण सम्पन्न

परियोजनाको अनुगमन, मानव बेचबिखनविरुद्ध साँझा प्रतिबद्धता
लुम्बिनी प्रदेश

परियोजनाको अनुगमन, मानव बेचबिखनविरुद्ध साँझा प्रतिबद्धता

जवाफदेही सुशासनका लागि युवा सशक्तीकरण
विकास गतिविधि

जवाफदेही सुशासनका लागि युवा सशक्तीकरण

सरोकारवालाहरूको सामूहिक प्रतिबद्धता
लुम्बिनी प्रदेश

सरोकारवालाहरूको सामूहिक प्रतिबद्धता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist