नेपालगञ्ज, २३ असोज । जिल्ला प्रहरी कार्यालय, बाँकेवाट खटिएको प्रहरी टोलीले नेपालगन्जको.एउृटा ठूलो जुवाखालबाट प्रहरी बरिष्ठ निरीक्षकसहित एक दर्जन बढी जुवाडेहरुलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेबाट प्रहरी निरीक्षक यमबहादुर बुढामगरको नेतृत्वमा खटिएको प्रहरी टोलीले गएराति ११ बजे नेपालगन्ज बाइपासमा रहेको मौरी रेस्टुरेन्टको जुवाखालबाट साढे १३ लाख ६३ हजार ८०० नगदसहित जुवाडेहरुलाई पक्राउ गरेको हो ।
मौरी रेस्टुरेन्टको दोस्रो तलाको एक कोठामा ठूलो धनराशीसहित जुवा भइरहेको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयको टोलीले छापा मारेको थियो ।
पक्राउ परेका सबै जुवाडेहरुलाई आज थप अनुसन्धानका लागि म्याद थपका लागि बाँके जिल्ला अदालतमा उपस्थित गराइ्एको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक अंगुर जिसीले बताउनुभयो ।








