नेपालगञ्ज, १८ भदौ । नेपालगञ्ज कार्यक्षेत्र रहेको गैरसरकारी संस्थाहरुको बार्षिक प्रगति समिक्षा सम्पन्न भएको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाको आयोजनामा गैरसरकारी संस्थाहरुद्वारा सम्पन्न गरिएका आर्थिक बर्ष २०८१—८२ को परियोजनाहरुकोबार्षिक प्रगति समिक्षा तथा चालू आर्थिक बर्ष २०८—८३ मा सञ्चालन हुने परियोजनाहरुको प्रस्तुति कार्यक्रम सम्पन्न गरिएको सामाजिक विकास एवम् गैसस शाखा प्रमुख कृष्णप्रसाद जोशीले जानकारी दिनुभयो ।
कार्यक्रममा विभिन्न गैरसरकारी संघ संस्थाका प्रमुख एवम् प्रतिनिधिले गत आर्थिक बर्षमा संचालन गरिएका क्रियाकलाप र चालू आर्थिक बर्षमा हुने कार्यक्रमबारे प्रस्तुतिकरण गरेका थिए ।
त्यसअघि, उक्त कार्यक्रमको नेपालगञ्जका मेयर प्रशान्त विष्टले उद्घाटन गर्दै नेपालगञ्जको विकास र समृद्धिका लागि संघ संस्थासंग हातेमालो गर्दै अघि बढिरहेको बताउनुभयो ।
प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्माले नागरिक र समाजको आवश्यकता बोध गरी त्यसै प्रकारका कार्यक्रम डिजाइन गरेर कार्यान्वयन गर्दा परिणाममुखी हुने भन्दै त्यसका लागि सहकार्य गर्न नेपालगञ्ज उमहानगरपालिका सधैं तत्पर रहेको छ भन्नुभयो ।
उद्घाटन समारोहमा नेपालगञ्ज उपमहानगरपालिकाका विभिन्न विषयगत समितिका संयोजक, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी, गैरसरकारी संस्था महासंघ बाँकेका कार्यवाहक अध्यक्ष रमेश सिटौला लगायतको उपस्थिति थियो ।








