नेपालगञ्ज, २५ साउन । नेपालगन्ज उपमहानगरपालिका वडा नं. २० मनिकापुरमा रहेको गुरदास फुटवेयर इण्डष्ट्रिजलाई रु दुई लाख जरीवाना गरिएको छ ।
आज गरिएको बजार अनुगमनका क्रममा उक्त इण्डष्ट्रिजद्धारा उत्पादित जुत्ता चप्पलमा कारखाना मूल्य अर्थात एमआरपी उल्लेख नगरी बजारमा विक्री वितरण गरेको पाइएपछि जरीवाना गरिएको बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय बाँकेका प्रमुख हरिबहादुर खत्रीले जानकारी दिनुभयो ।
खत्रीका अनुसार, उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ को खण्ड ड (क) बमोजिमको कसुर गरेको देखिएकाले सोही ऐनको दफा ३९ को उपदफा (१) को खण्ड ’ख’ बमोजिम जरीवाना गरिएको हो ।








