नेपालगञ्ज, २१ साउन । ३३औं स्तरपान सप्ताह कार्यक्रमका अवसरमा नेपालगञ्जका स्तनपायी आमाहरुलाई दुग्धवर्धक औषधी (शतावरी चूर्ण) वितरण गरिएको छ ।
नेपालगञ्ज वडा नं.१३ उदयपुर स्वास्थ्य चौकीमा आज आयोजित कार्यक्रममा बाँके आयुर्वेद स्वास्थ्य केन्द्रले ४० जना स्तनपायी आमाहरुलाई उक्त औषधि वितरण गरेको हो । कार्यक्रमलाई नेपालगञ्ज उपमहानगरपालिकाकोृ आयुर्वेद शाखाले सघाएको थियो ।
केन्द्र प्रमुख डा. आलोककुमार पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा मेयर प्रशान्त विष्ट, वडा नं. १३ का अध्यक्ष सुशेशसिंह ठाकुरलगायतले स्तनपायी आमाहरुलाई औषधी वितरण गर्नुभएको थियो ।
त्यस अवसरमा मेयर विष्टले स्तनपानले शिशुका लागि स्वास्थ्य रक्षाको काम गर्ने र नवजात शिशुमा रोग प्रतिरोधात्मक शक्ति बढाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।








