काठमाडौं, १३ असार । यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डले आज साँझ नतिजा सार्वजनिक गरेको हो । यो वर्षको एसईई परीक्षामा ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
२०८१ को एसईई परीक्षा चैतमा भएको थियो । परीक्षामा नियमिततर्फ चार लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा चार लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए ।