बर्दिया, ११ असार । सुरक्षित आप्रवासन तथा मानब बेचबिखन तथा ओसारपसारबिरुद्ध सचेतना सन्देश प्रवाह गर्ने उदेश्यले जिल्ला प्रसाशन कार्यालय, बर्दियामा डिजिटल बोर्ड स्थापना गरिएको छ । सुरक्षा परियोजना अन्तर्गत उक्त डिजिटल वोर्ड स्थापना गरिएको हो । बर्दियामा विगत एक वर्षदेखि सुरक्षा परियोजना कार्यक्रम संचालन हुँदै आएको छ । प्लान इन्टरनेशनल नेपालको सहयोगमा बाँके युनेस्को क्लबले उक्त परियोजना संचालन गर्दै आएको हो ।
सोही परियोजना अन्तर्गत बर्दिया जिल्ला प्रशासन कार्यालयममा स्थापना गरिएको सन्देशमुखी डिजिटल बोर्डको सहायक प्रमुख जिल्ला अधिकारी रोशनकुमार कठायतले एक कार्यक्रमका बीच त्यसको विधिवत शुभारम्भ गर्नुको ।
त्यस अवसरमा सहायक प्रजिअ कठायतले डिजिटल बोर्ड स्थापनाले जिल्ला प्रशासन कार्यालयमा सेवा लिन आउने सेवाग्राहीमा सुरक्षित आप्रवासन र मानब बेचबिखनबिरुद्ध सचेतना सन्देश प्रवाह गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा बर्दिया जिल्ला प्रशासन कार्यालयका प्रसासकिय अधिकृत बिमल गुरुङ र धनिराम शर्मा, बाँके युनेस्को क्लबका परियोजना संयोजक र्इश्वर बिक, बाँको युनेस्को क्लबका उपनिर्देशक गोविन्दप्रसाद लामिछानेलगायतले पनि बोल्नुभएको थियो ।