• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

नेपालगञ्ज उपमहानगरपालिकाको नगरसभामा एक अर्ब ६४ करोडको बजेट सार्वजनिक, अर्को वैठक असार २९ गते बस्ने

२०८२ असार १० गते, मंगलवार समय: २०:३० मिनेट
0 0
0
नेपालगञ्ज उपमहानगरपालिकाको नगरसभामा एक अर्ब ६४ करोडको बजेट सार्वजनिक, अर्को वैठक असार २९ गते बस्ने
0
शेयरहरू
4
VIEWS
Share on FacebookShare on Twitter

नेपालगञ्ज, १० असार । नेपालगञ्ज उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२—८३ का लागि रु एक अर्ब ६४ करोड ७१ लाख ४६ हजारको बजेट सार्वजनिक गरेको छ ।

नेपालगञ्जको सिटी हलमा आज भएको नगरसभाको १७औं अधिवेशनमा सभाका उपाध्यक्ष एवम् नगर उपप्रमुख कमरुद्दिन राईले रु एक अर्ब ६४ करोड ७१ लाख ४६ हजार ६६६ रुपैयाँ ६७ पैसा बराबरको अनुमानित आयब्यय विवरण सार्वजनिक गर्नुभएको हो ।

बजेटमा वडा कार्यालयको हकमा रु २० करोड र महाशाखा—शाखामार्फत संचालन हुने गरी रु आठ करोड २५ लाख २४ हजार सिलिङ्ग उपलब्ध गराइएको छ । यस्तै, चालू खर्चतर्फ रु ३८ करोड ५६ लाख छुट्ट्याइएको छ । आम्दानीतर्फ भने वित्तीय समानीकरण संघबाट रु २६ करोड ७९ लाख, प्रदेशबाट रु एक करोड ९० लाख प्राप्त हुँदा आन्तरिक आय रु २२ करोड १२ लाख हुने प्रक्षेपण गरिएको छ ।

यसअघि, नगरसभाको १७औं अधिवेशनमा सभा अध्यक्ष एवम् नगर प्रमुख प्रशान्त विष्टले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो। नीति तथा कार्यक्रममा कृषि, पर्यटन, उद्योग(ब्यापार, रोजगारी सिर्जना, स्वास्थ्य, शिक्षा, खेलकुद, पूर्वाधार लगायतका क्षेत्रलाई प्राथमिकताका साथ समेटिएको छ ।

‘समृद्ध शहर, नगरवासीको रहर’ रहेको नगरसभा अधिवेशनमा प्रस्तुत नीति तथा कार्यक्रममा कृषिको आधुनिकीकरण र व्यवसायीकरणको लागि आवश्यक कार्यक्रम संचालन गर्ने, गड्यौला मलको प्रयोग प्रबर्द्धन गर्ने, जडीबुटी खेतीलाई प्रबर्द्धन गर्ने, पशुजन्य संक्रामक रोग नियन्त्रणका लागि समयानुसार भ्याक्सिनहरु लगाउने, नेपालगन्जलाई पश्चिम क्षेत्रको ब्यापारिक केन्द्रको रुपमा विकास गर्न आवश्यक पूर्वाधार निर्माण तथा व्यवसायिक वातावरणको विकास गर्ने, बागेश्वरी मन्दिर, जामा मस्जिद, गुरुद्वारा, १०८ फिटे हनुमानगढी परिसर क्षेत्रलाई समेटेर धार्मिक सद्भावको सर्किट क्षेत्रको रुपमा विकास गर्ने, नेपालगन्ज र आसपासका पर्यटकीय क्षेत्रलाई भिजिट वेष्टर्न नेपाल कार्यक्रममा आवद्ध गर्ने, जेष्ठ नागरिकका लागि घरघरमा गई निस्शुल्क औषधि उपचार तथा स्वास्थ्य प्रवर्द्धनात्मक कार्यक्रम संचालन गर्ने, नेपालगन्ज उपमहानगरपालिकालाई १० वर्षभित्र क्षयरोगमुक्त घोषणा गर्ने लगायत विषय समावेश गरिएका छन् ।

सामुदायिक विद्यालयमा छात्रामैत्री चेन्जिङ्ग रुमसहितको सुविधा सम्पन्न शौचालयको व्यवस्था मिलाइने, धार्मिक विद्यालयको शिक्षालाई गुणस्तरीय र सान्दर्भिक बनाइने, ुगु वर्गको अपांगता भएका व्यक्ति र अल्वानिज्मको समस्या भएका व्यक्तिको स्वास्थ्य बीमा गर्ने, नेपालगन्ज उपमहानगरपालिकाभित्र बोलिने सबै मातृभाषाको जगेर्ना र विकास गर्ने, नयाँ घर बनाउने नक्सा पास समेतको हकमा सफ्टवेयर प्रणाली अनिवार्य प्रयोग गरी एक घर एक रुखको अवधारणा अनुरुप भवन अनुमति तथा मापदण्ड कार्यान्वयनमा समावेश गर्ने, संचार क्षेत्र प्रवर्द्धन कार्यक्रमलाई निरन्तरता दिने, आमसंचार नीतिको प्रभावकारी कार्यान्वयनमा जोड दिने लगायतका विषय पनि नीति तथा कार्यक्रममा राखिएका छन् ।

नगर अधिवेशनमा नगरसभा सदस्य एवम् प्रवक्ता प्रमोद रिजाल, नगरसभा सदस्य एवम् वडा नम्बर २१ का वडा अध्यक्ष राजकुमार साहु, नगरसभा सदस्य एवम् वडा नम्बर १८ का वडा अध्यक्ष दीपक कुमार बर्मा, नगरसभा सदस्य एवम् वडा नम्बर चार का वडा अध्यक्ष गोपाल पुन, नगरसभा सदस्य एवम् वडा नम्बर पाँच का वडा अध्यक्ष सराफत हुसेन शेख, वडा नम्बर २० का वडा अध्यक्ष कैशल कुमार धोबी र नगरसभा सदस्य एवम् वडा नम्बर दुईका वडा अध्यक्ष मनोज कुमार श्रेष्ठले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

नगरसभा अधिवेशनमा सभाका सचिव एवम् प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्माले स्वागत मन्तव्य राख्नुभएको थियो । नगरसभा अधिवेशनको अर्को वैठक असार २९ गते बस्ने तय गरिएको छ । उक्त वैठकबाट नीति तथा कार्यक्रम र बजेट संशोधनसहित पारित गर्ने कार्यसूची रहेको बताइएको छ ।

अघिल्लो पोस्ट

नेपालगञ्जमा ‘एक्वापलुजा वाटर फेस्ट कार्निभल’ हुँदै, ६०० बढी सहभागि हुने अपेक्षा

अर्को पोस्ट

सुरक्षित आप्रवासन तथा मानब बेचबिखनबिरुद्ध सन्देश प्रवाह गर्न बर्दिया जिल्ला प्रशासन कार्यालयमा डिजिटल बोर्ड स्थापना

सम्बन्धित समाचार

नेपालको पहिलो नेपालगनञ्ज नाइट रनलाई अन्तर्राष्ट्रिय मान्यता
अन्तर्राष्ट्रिय

नेपालको पहिलो नेपालगनञ्ज नाइट रनलाई अन्तर्राष्ट्रिय मान्यता

बाँके कोहलपुरका १२२ अव्यवस्थित वसोवासीलाई जग्गाधनी प्रमाणपुर्जा वितरण
राजनीति

बाँके कोहलपुरका १२२ अव्यवस्थित वसोवासीलाई जग्गाधनी प्रमाणपुर्जा वितरण

सञ्चारकर्मीहरुका लागि नेपालगञ्जमा आयोजित अन्तरक्रिया कार्यक्रम सम्पन्न
अर्थ वाणिज्य

सञ्चारकर्मीहरुका लागि नेपालगञ्जमा आयोजित अन्तरक्रिया कार्यक्रम सम्पन्न

आन्तरिक राजस्व कार्यालयद्वारा नेपालगन्जमा कर सम्बन्धी अन्तरक्रिया
अर्थ वाणिज्य

आन्तरिक राजस्व कार्यालयद्वारा नेपालगन्जमा कर सम्बन्धी अन्तरक्रिया

राससमा अवधी भाषा समाचार बारे अन्तरक्रिया
लुम्बिनी प्रदेश

राससमा अवधी भाषा समाचार बारे अन्तरक्रिया

नेपाली पत्रकारितालाई बैज्ञानिकरुपमा व्यवस्थापन गर्नुपर्छ-पूर्व अध्यक्ष झा
लुम्बिनी प्रदेश

नेपाली पत्रकारितालाई बैज्ञानिकरुपमा व्यवस्थापन गर्नुपर्छ-पूर्व अध्यक्ष झा

अर्को पोस्ट
सुरक्षित आप्रवासन तथा मानब बेचबिखनबिरुद्ध सन्देश प्रवाह गर्न बर्दिया जिल्ला प्रशासन कार्यालयमा डिजिटल बोर्ड स्थापना

सुरक्षित आप्रवासन तथा मानब बेचबिखनबिरुद्ध सन्देश प्रवाह गर्न बर्दिया जिल्ला प्रशासन कार्यालयमा डिजिटल बोर्ड स्थापना

बर्दियाका सात विद्यालयलाई प्रारम्भिक बालविकास (इसीडी) सामग्री हस्तान्तरण

बर्दियाका सात विद्यालयलाई प्रारम्भिक बालविकास (इसीडी) सामग्री हस्तान्तरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist