नेपालगञ्ज, १३ जेठ । गणतन्त्र दिवस २०८२ का अवसरमा पर्सि बिहिवार नेपाली काँग्रेस, बाँकेले मानवीय कार्यक्रम गर्ने जनाएको छ ।
पार्टी सभापति नारायाण गौडेलका अनुसार, पर्सि बिहिवार नेपाली काँग्रेसले रक्तदानका लागि पार्टीका कार्यकर्तालाई आव्हान गरेको छ ।
उक्त दिन नेपालगञ्जको भेरी अस्पतालस्थित रक्तसंचार केन्द्रमा सभापति गौडेलसहित पार्टीका अन्य नेता कार्यकर्ताहरुले रक्तदान गर्नुहुनेछ ।
क्षेत्रीय सम्मेलनमा सहभागि हुन काँग्रेस महामन्त्री थापा नेपालगञ्ज आउदैः
नेपालगञ्जमा नेपाली काँग्रेसका महामन्त्री गगन थापा आउनु हुने भएको छ । उहाँ यही जेठ २० गते नेपालगञ्जमा हुने नेपाली काँग्रेस, बाँके क्षेत्र नं. २ को क्षेत्रीय सम्मेलनमा प्रमुख अतिथि वक्ताका रुपमा सहभागि हुने क्षेत्रीय सभापति रमेशकुमार गुप्ताले बताउनुभयो ।
सम्मेलनमा महामन्त्री थापासंगै लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनलगायतका नेतागणहरु पनि सहभागि हुने बताइएको छ ।
क्षेत्रीय सभापति गुप्ताका अनुसार क्षेत्रीय सम्मेलनमा विभिन्न विषयमा कार्यपत्र तथा आर्थिक प्रतिवेदन प्रस्तुत हुनेछन् । सम्मेलनको बन्दसत्तमा ४७० जना प्रतिनिधिको सहभागिता रहने छ भने उद्घाटन सत्रमा करिब एक हजार बढीको सहभाािगता हुनेछ ।