नेपालगञ्ज, १२ जेठ । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २३ आफ्नै भवनमा सरेको छ । करिब रु ३५ लाखको लागतमा वडा कार्यालयले आप्mनो भवन बनाएको हो ।
आज एक कार्यक्रमका बीच नेपालगञ्जका मेयर प्रशान्त विष्टले नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन गर्नुभयो
कार्यक्रममा मेयर विष्टले नेपालगञ्ज उपमहानगरपालिकाको नगर कार्यपालिका कार्यालयले वडा नं. २३ लाई विकासको मुख्य प्राथमिकतामा राखेको बताउनुभयो । मेयर विष्टले वडा नं. २३ मा अब भौतिक पूर्वाधार विकास मात्र नभई शिक्षा, स्वास्थ्यका क्षेत्रमा पनि लगानी बढाउनुपर्नेमा जोड दिनुभयो ।
वडा नं. २३ का अध्यक्ष जबरअलि बेहनाको अध्यक्षतामा भएको भवन उद्घाटन समारोहमा नगर प्रबक्ता एवम् वडा नं. १ का अध्यक्ष प्रमोद रिजालर वडा सचिव इन्द्रबहादुर केसीले पनि बोल्नुभएको थियो ।
त्यस अवसरमा भवन निर्माणका जग्गादाता स्वर्गीय राजेश्वरीदेवी चौहानका तीन छोराहरुलाई खादा लगाएर सम्मान गरिएको थियो ।