नीरज गौतम /नेपालगञ्ज, ११ जेठ । बाँकेको जानकी गाउँपालिकाको न्यायिक समितिले गत आर्थिक बर्ष २०८०–०८१ म १४ वटा फछ्र्यौट गरेको छ । न्यायीक शाखा प्रमुख जीतबहादुर श्रेष्ठका अनुसार, गत आर्थिक वर्षमा न्यायीक समितिमा १८ वटा मुद्दा दर्ता भएको थियो भने बाँकी चार वटा मुद्दा फछ्र्यौटको तयारीमा रहेको छ
त्यस्तै चालू आर्थिक वर्ष २०८१–०८२ को अहिलेसम्म न्यायिक समितिमा दर्ता भएका २० वटा मुद्दा मध्ये १२ मुद्दा फछ्र्यौट भएका छन् भने बाँकी आठ वटा मुद्दा छिटै फछ्र्यौट गरिने जनाइएको छ ।
ऐलानी पर्ति जग्गामा घर टहरा निर्माण, जग्गा सम्बन्धि आपसी किचलो, श्रीमान श्रीमतीबीचको झगडा, घरसीमाबीचको ससाना विषयमा तनाव लगायतका मुद्दा न्यायिक समितिमा पर्ने गरेको श्रेष्ठ बताउनुहुन्छ ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ४७ को १ मा भएको व्यवस्था अनुसार न्यायिक समितिबाट मुद्दा फैसला हुने र बाँकी मेलमिलापबाट फछ्र्यौट गरिने न्यायिक समितिका संयोजक एवम् पालिका उपाध्यक्ष रामप्यारी यादवले बताउनुभयो ।