नेपालगञ्ज, ९ जेठ । प्रथम नगरस्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता आजदेखि नेपालगञ्ज रंगशालाको कभर्डहलमा शुरु भएको छ । नेपालगञ्ज उपमहानगरपालिकाको सहयोगमा पूर्व खेलाडी समाज बाँकेले प्रतियोगिता आयोजना गरेको हो ।
प्रतियोगितामा अण्डर-१५ ब्वाइज सिंगलतर्पm ४५ जना र मेन्स डबल्सतर्पm ६० जना गरी १०५ जनाको सहभागिता रहेको छ । प्रतियोगितामा भोलि शनिवार १० गतेसम्म संचालन हुने जनाइएको छ ।
उक्त प्रतियोगिताको आज एक समारोहबीच नेपालगञ्जका मेयर प्रशान्त विष्टले उद्घाटन गर्दै यसखाले प्रतियोगिताले नयाँ खेलाडी उत्पादनमा मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । मेयर विष्टले सबै विद्याका प्रतियोगिताहरु नियमित आयोजना हुन जरुरी रहेको बताउदै त्यसका लागि उपमहानगरपालिकाकातर्पmवाट हुनसक्ने सहयोग जारी रहने प्रतिबद्धता समेत जनाउनुभयो ।
पूर्व खेलाडी समाज बाँकेका कार्यवाहक अध्यक्ष निजामुद्दिन सिद्दिकीको सभापतित्वमा भएको प्रतियोगिता उद्घाटन समारोहमा समाजका उपाध्यक्ष शान्ति सिंह र महासचिव जयन्त शर्माले समाजको स्थापना र प्रतियोगिता आयोजनाको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो ।
समारोहमा क्षेत्रीय खेलकुद बिकास समिति नेपालगञ्जका प्रमुख महेश चन्द, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी, सशस्त्र प्रहरी उपरीक्षक दिपक चन्द, ओलम्पियन पार्वती थापा, नेपालगञ्ज उद्योग बाणिज्य संघका महासचिव भीम रानाभाट, खेलकर्मी, खेल पदाधिकारी तथा पत्रकारहरुको उपस्थिति रहेको थियो ।
प्रतियोगितामा अण्डर–१५ मा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः रु १० हजार, रु पाँच हजार र रु दुई हजार ५०० तथा मेन्स डबल्समा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः रु २० हजार, रु १० हजार र रु पाँच हजार नगद, प्रमाणपत्र तथा मेडल प्रदान गरिने मिडिया संयोजक नरेन्द्र थापाले जानकारी दिनुभयो ।
मिडिया संयोजक थापाका अनुसर, समाजले जेठ १६ देखि १८ गतेसम्म विद्यालयस्तरीय महिला एवम् पुरुष भलिबल प्रतियोगिता पनि नेपालगञ्जमै आयोजना गर्दैछ ।