नेपालगञ्ज, ८ जेठ । भारतवाट अवैधरुपमा भंसार छलेर नेपालगञ्ज भित्रर्याइएको विभिन्न उपयोगका सामानहरु आज बाँके प्रहरीले बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक पातलीका अनुसार, प्रहरीले नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १२ स्थित महेन्द्र बहुमुखी क्याम्पस नजिकवाट भंसार छलीको अवैध सामान बरामद गरेको हो ।
प्रहरीले बरामद गरेको सामानहरुमा स्टिलको थाल ९० वटा, स्टिलको कचौरा २०० वटा, कुकर पाँच वटा, बर्षाती २८० वटा, अटो पार्ट्स र १५ प्याकेट चामल रहेका छन् । बरामद गरिएका सामाजको मूल्य करिब रु चार लाख ८५ हजार रहेको जनाइएको छ ।