नेपालगञ्ज, ८ जेठ । लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) राजेन्द्रप्रसाद भट्टले प्रहरी कर्मचारीहरु समाजको शान्ति सुरक्षा तथा जनमुखी सेवा कार्यमा कटिबद्ध हुनुपर्नेमा जोड दिनुभएको छ ।
नेपालगञ्जस्थित जिल्ला प्रहरी कार्यालय, बाँकेको आज अनुगमन गर्ने क्रममा डिआइजी भट्टले अपराध नियन्त्रण तथा अनुसन्धान गर्ने कार्यमा प्रहरीको भूमिका सधै अग्रणी हुनेगरेको बताउनुभयो ।
त्यस अवसरमा डीआईजी भट्टले जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षसहित आन्तरिक तथा बाह्य अवस्थाको अनुगमन गर्नुभएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक पातलीले जानकारी दिनुभयो ।
अनुगमनका क्रममा उहाँले सत्य, सेवा सुरक्षणम् प्रहरीको मूलमन्त्र भएकाले सोही अनुरुपको आचरण प्रहरी कर्मचारीवाट प्रस्तुत हुनेपर्ने निर्देशनसमेत दिनुभयो ।