नेपालगञ्ज, ३१ बैशाख । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सहकारी संस्थाहरु मर्यादित हुनुपर्नेमा जोड दिनुभएको छ ।
नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लिमिटेड (नेफ्स्कून) ले नेपालगञ्जमा बुधवार आयोजना गरेको लुम्बिनी प्रदेशस्तरीय बचत तथा ऋण सहकारी संस्था (साकोस) गोष्ठीमा बोल्दै मन्त्री अधिकारीले केहि संचालकहरुका कारण सहकारी संस्थाप्रति अहिले नागरिकको विश्वास गुम्दै गएको छ भन्नुभयो । उहाँले भन्नुभयो-‘केहि संचालकहरुका बदमाशीका कारण सबै सहकारी खराब छन्, ठग हुन् भन्ने भाष्य निर्माण गरिनु हुदैन ।
आर्थिक विकास तथा सामाजिक विकासमा सहकारीको भूमिका सधै अह्म हुने गरेकाले यसतर्पm संचालकहरुले विशेष ध्यान दिनुपर्नेमा समेत मन्त्री अधिकारीले जोड दिनुभयो ।
नेफ्स्कूनका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद ढकालको अध्यक्षतामा भएको गोष्ठी उदघाटन समारोहमा बरिष्ठ उपाध्यक्ष दामोदर अधिकारी, सदस्य दिप्ती शाही, प्रमुख कार्यकारी अधिकृत शिवजी सापकोटालगायतले बोल्नुभएको थियो ।
सहकारी संस्थाहरुको दिगो विकासका साथै साकोस अभियानलाई नयाँ उचाई प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको गोष्ठीमा लुम्बिनी, कर्णाली र सुदुरपश्चिमका बचत तथा ऋण सहकारी संस्थाहरुको सहभागिता रहेको थियो ।