नेपालगञ्ज, ३० बैशाख । बाँकेको बैजनाथ गाउँपालिकामा लागुऔषधवाट बालबालिकामा हुने हानी नोक्सानी नियन्त्रणका लागि अभिमुखीकरण गरिएको छ ।
कार्यक्रम संयोजक जयसिंह केसीका अनुसार, बैजनाथ गाउँपालिकाको सहयोगमा सार्थक मल्टिमिडिया प्रालिले पालिकाको वडा नं. २, ३, ४, ५, ६, ७ र ८ मा बालबालिका तथा अभिभावकका लागि लागु औषधविरुद्धको सचेतनामुलक अभिमुखीकरण सम्पन्न गरिसकेको छ ।
पछिल्लो समय लागुऔषध दुव्र्यसनका घटना बढिरहेको अवस्थालाई दृष्टिगत गरी उक्त पालिकाका अभिभावक तथा बालबालिकालाई यस्तो अभिमुखीकरण गरिएको केसीले बताउनुभयो ।
बैजनाथ गाउँपालिका स्वास्थ्य शाखा प्रमुख लक्ष्मणराज शाही, पत्रकार राकेशकुमार मिश्र, प्रहरी हवल्दार लक्ष्मी शाही, जनस्वास्थ्य निरिक्षक श्यामबीर शाही लगायतले लागु औषधको मानव स्वास्थ्यमा समस्या, कारण, लक्षण, त्यसले पारेको प्रभाव, उपचार, प्रहरी अनुसन्धान, सहयोग, लागु औषधबारे दण्ड सजायको व्यवस्था, समुदाय सचेतना, अभिभावकको भुमिका लगायतका विषयमा सहजीकरण गर्दै आउनुभएको छ ।