कोहलपुर (बाँके), २९ बैशाख । बाँकेको कोहलपुरमा आज ‘सण्डे क्लब’ कार्यक्रम अन्तर्गत पत्रकार महिला र जनप्रतिनिधिबीच अन्तरक्रिया गरिएको छ ।
क्रियाशिल पत्रकार महिलाको नियमित कार्यक्रम सण्डे क्लबको अन्तरक्रियाका प्रमुख अतिथि लुम्बिनी प्रदेश सांसद सञ्जुकुमारी थारुले नेपालमा राजनीतिक तथा सामाजिक अवस्था परिवर्तनमा महिला आन्दोलनको ठूलो भुमिका र योगदान रहेको छ भन्नुभयो ।
क्रियाशिल पत्रकार महिला बाँकेका अध्यक्ष साबित्री गिरीको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक अध्यक्ष अक्षरी पोखरेल, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका सचिव सरला सुवेदी, सञ्चारिका समुह बाँकेका अध्यक्ष पवित्रा परियार र नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य कमला हमाल लगायतले बोल्नु भएको थियो ।
कार्यक्रमका सहभागीहरुले राजनीतिक क्षेत्रमा कार्यरत महिलाहरुका साथै ग्रामिण क्षेत्रका महत्वपूर्ण योगदान पुर्याउने महिलाहरुलाई पनि सण्डे क्लबमा सहभागि गराउनुपर्नेमा जोड दिएका थिए ।