नेपालगञ्ज, २९ बैशाख । नेतृत्व विकास तथा रकारात्मक सोच विषयक दुई दिने तालिम नेपालगनञ्ज उपमहानगरपालिका वडा नं.९ मा सम्पन्न भएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १९ को सहयोग र युवा घरको आयोजनामा बैशाख २८ गतेबाट सुरु भएको सो तालिम २९ गते सम्पन्न भएको हो ।
तालिमको समापन समारोहमा नेपालगन्ज उपमहानगरपालिका वडा नम्ब १९ का वडा सदस्य रामसुहावन कुमीले तालिमबाट सिकेका कुराहरुलाई ब्यबहारमा लागु गर्नुपर्ने बताउनुभयो ।
त्यस अवसरमा वडा सदस्य मन्सुर खाले तालिमबाट नेतृत्व विकास र सकारात्मक सोचको वारेमा सबैलाई जानकारी भएको बताउदै सबैले आ-आफ्नो जिम्मेवारी पुरा गर्न लागिपरेमा समुदायमा सकारात्मक विकास गर्न सम्भव हुने बताउनुभयो ।
तालिममा प्रशिक्षक मन भण्डारी र शिवकुमार वर्माले बाल अधिकार, बाल संरक्षण, व्यक्तित्व विकास र सकारात्मक सोचका सूत्रहरु, नेतृत्व, नेतृत्वको अवधारण, नेतृत्वको परिभाषा नेता, नेताको परिभाषा, नेतृत्वको भुमिका, नेतृत्वको आवश्यकता, नेतृत्वका लागि आवश्यक तत्वहरु, असल नेताका गुणहरु, नेतृत्व कसरी गर्ने र नेतृत्वका कार्यहरुको विषयमा तालिम प्रशिक्ष्ण दिनुभएको थियो ।
तालिममा वडाका जनप्रतिनिधिहरु, कर्मचारीहरु, वडा तथा बिध्यालय स्तरीय बाल क्लव संजाल तथा वाल क्लवका पदाधिकारीहरु लगायतका २५ जनाको सहभागिता रहेको थियो ।