नेपालगञ्ज, २७ बैशाख । बाँकेको नेपाल-भारत सीमानाकामा यात्रुहरुको आउजाउमा कडाई गरिएको छ । भारत र पाकिस्तानबीच चलिरहेको युद्धको अवस्थालाई दृष्टिगत गरी यस्तो कडाई गरिएको सशस्त्र प्रहरी बल प्रस्तावित सीमा सुरक्षा गुल्म जयसपुरले जनाएको छ ।
युद्धलाई प्रभाव पार्न सम्भावित घुसपैठ हुनसक्ने भन्दै बाँकेको नेपालगञ्जस्थित जमुनाहा र अन्य सबै सीमानाकाहरुमा सुरक्षा र चेकजाँचमा कडाई गरिएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार, सीमानाका हुँदै आउजाउ गर्नेहरुका लागि परिचयपत्र अनिवार्य गरिएको छ ।
यस्तै, नेपाल–भारत सीमानाकामा नेपाल भारतका सुरक्षाकर्मीले संयुक्त गस्ती तथा एकल गस्ती समेत सुरु गरेका छन् ।
भारत-पाकिस्तानबीच युद्ध चर्किदै गएपछि भारतमा रोजगारी तथा घुमफिर गर्न गएका नेपालीहरु अहिले धमाधम नेपाल फर्किरहेका छन् ।