नेपालगञ्ज, १२ फागुन । नेपाल प्रहरी कल्याणकारी कोषवाट बाँकेको कोहलपुरमा पेट्रोल पम्प सञ्चालनमा ल्याइएको छ ।
आज आयोजित एक कार्यक्रमका बीच प्रहरी प्रमुख प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले पेट्रोल पम्प सञ्चालनको शुभारम्भ गर्नुभयो ।
त्यस अवसरमा प्रहरी महानिरीक्षक कुँवरले कोहलपुरमा थप गरिएको नयाँ प्रहरी पेट्रोल पम्पले आम सेवाग्राहीलाई सहजता हुने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेपालगञ्जका मेयर प्रशान्त बिष्ट, बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल र जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले पनि बोल्नुभएको थियो ।
उक्त कार्यक्रममा राप्तीसोनारी गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेल, लुम्बिनी प्रदेश प्रहरी अस्पतालका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक दिपा न्हुच्छे प्रधान, प्रहरी बरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद धमला, जिल्ला सुरक्षा निकायका प्रमुखलगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा लुम्बिनी प्रदेश प्रहरी प्रमुख डीआइजी दानबहादुर कार्कीले प्रहरी प्रमुख कुँवरलाई कृतज्ञताको चिनो प्रदान गर्नुभएको थियो भने प्रहरी नायब उपरीक्षक इन्जिनीयर रोशन सारुले निर्माण प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।