नेपालगञ्ज, १३ फागुन । नेपालगञ्जको वडा नं. १२ बेलासपुरस्थित एक घरको आँगनमा खेलिरहेको एक बालकलाई डेलिभरी भ्यानले किचेर मारेको छ ।
भे १ च ३८९५ नम्बरको अनियन्त्रित भ्यान सञ्जय सिलवालको घरको आंगनभित्र छिर्दा त्यहा खेलिरहेका बालबालिकालाई किच्दा ६ वर्षीय बालक दृश्यसिंह बुढाथोकीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक हिम विकले जानकारी दिनुभयो ।
उक्त दुर्घटनामा घर मालिक ४३ वर्षीय सञ्जय सिलवाल, ६ वर्षीया सृष्टि गौतम र ८ वर्षीय सञ्जीव सिलवाल घाइते भएका छ । तीनै जनाको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
भ्यान र चालक २३ वर्षीय सूरज थारु र भ्यानमा सवार अर्का एक ३८ वर्षीय लियाकत अलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उक्त घटनाको अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।