नेपालगञ्ज, २६ पुस । नेपाली कांग्रेसका नेता एनपी साउदले संविधान संशोधनका लागि राष्ट्रिय सहमति कायम हुनुपर्नेमा जोड दिनुभएको छ । ।
नेपाल प्रेस युनियन बाँकेद्धारा आज शुक्रवार नेपालगञ्जमा आयोजित पत्रकार सम्मेलनमा नेता साउदले कांग्रेस र एमालेबीच सरकार गठनका लागि भएको सात बुँदे सहमतिमा उल्लेख गरिएका संविधान संशोधनमा राष्ट्रिय सहमति निर्माण आवश्यक छ भन्नुभयो ।
नेता साउदले सरकारले भने जस्तो काम गर्न नसकेको बताउदै सुधार गर्नुपर्ने काममा सरकार पछि पर्नुहुन्न भन्नुभयो । उहाँको थप भनाई थियो, ‘मुलुकको अर्थतन्त्र दबाबमा रहेकाले पनि सरकारसामु थुप्रै चुनौती देखिएको छ ।’
प्रेस युनियन बाँकेका उपाध्यक्ष कमल खत्रीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरु डा. डिला संग्रौला, गोविन्दबहादुर शाह, अब्दुल सत्तार र चम्पा खड्काको बाँके जिल्ला सभापति नारायणप्रसाद गौडेल, उपसभापति कृष्णबहादुर कार्की, सचिव सुधांशु कोइराला, सहसचिव रेनुसिंह ठाकुर, संविधानसभा सदस्य एवम् लुम्बिनी प्रदेश सांसद बादसाह कुर्मी, क्षेत्र नम्बर १ का सभापति पोषण केसी, ३ का सभापति नक्की खाँ, जिल्ला सदस्य उमा थापामगर लगायतको उपस्थिति रहेको थियो ।