नेपालगञ्ज, २७ पुस । नेपालगञ्ज, वडा नं. १३ बुलबुलिया शान्तिनगरका स्थानीयले आज शनिवार आप्नो टोलको सरसफाई गरेका छन् ।
स्थानियले टोलको दक्षिण—उत्तर र
पश्चिम तथा पूर्व-पश्चिम क्षेत्रको करिब ४०० मिटर सडक-नालाको सरसफाई गरेको समितिका अध्यक्ष नीरज गौतमले जानकारी दिनुभयो ।
बुलबुलिया शान्तिनगर टोल विकास समितिको आयोजनामा गरिएको टोल सरसफाई कार्यक्रममा जेष्ठ नागरिक, युवा तथा महिलाहरु गरी करिब २० जनाको सहभागिता रहेको थियो ।
टोल सरसफाईका लागि स्थानीयहरुको आर्थिक सहयोगमा सफाई सम्बन्धि सामग्री समितिमार्पmत खरीद गरिएको छ । समितिले प्रत्येक साताको शनिवार बिहान ६.३० बजेदेखि टोल क्षेत्रका स्थान छनोट गरी सरसफाई गर्ने कार्यक्रम तय गरेको जनाइएको छ ।
टोल सरसफाईका अलावा सुरक्षाका दृष्टिकोणले सम्वेदनशील स्थानमा सीसी क्यामरा जडान, टोलका पाटीपौवा तथा सार्वजनिकस्थलको संरक्षण तथा सम्बद्र्धन र टोल क्षेत्रमा जठाभावी फोहर गर्ने प्रवृत्तिको अन्त्यका लागि पहिलो चरणमा सचेतीकरण अभियान सञ्चालनको प्रक्रिया पनि समितिले शुरु गरिसकेको छ ।
सीसी क्यामरा जडान तथा सरसफाई उपकरण खरीदका लागि समितिले माग गरे बमोजिम नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १३ को कार्यालयले रु ५० हजार बजेट बिनियोजन गरेको वडा अध्यक्ष सुरेशसिंह ठाकुरले जानकारी दिनुभयो ।
यसैबीच बुलबुलिया शान्तिनगर टोल विकास समितिको आज बसेको बैठकले माघ पाँच गते वृहत भेला गर्ने निर्णय गरेको छ । बैठक समितिका अध्यक्ष नीरज गौतमको अध्यक्षतामा बसेको थियो ।