नेपालगञ्ज, १६ पुस । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशको नवनिर्वाचित कार्यसमितिलाई बाँकेमा स्वागत गरिएको छ । गत मंसिर २८ गते सम्पन्न भएको निर्वाचनबाट शुक्रऋषि चौलागाईको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको हो ।
नेपाल पत्रकार महाकसंघ, बाँकेले आयोजना गरेको स्वागत, बधाई एवम् साक्षात्कार कार्यक्रममा नवनिर्वाचित कार्यसमिति तथा प्रदेश समितिका पदाधिकारी एवम् सदस्यलाई मायाको चिनो प्रदान गरिएको थियो । नवनिर्वाचित पदाधिकारी तथा सदस्यलाई खाँदा लगाएर महासंघ, बाँकेका अध्यक्ष नवीन गिरीले मायाको चिनो प्रदान गर्नुभएको थियो ।
त्यस अवसरमा नवनिर्वाचित प्रदेश अध्यक्ष चौलागाईले प्रदेश कार्यसमितिलाई क्रियाशील र चलायमान बनाइने प्रतिबद्धता दोहोर्याउनुभयो । उहाँले महासंघको सदस्यता विवादलाई अब नयाँ ढंगबाट समाधान गरिने छ भन्नुभयो ।
कार्यक्रममा पत्रकार महासंघ बाँकेका पूर्व अध्यक्षहरु, विभिन्न आस्थागत संगठनका अध्यक्ष, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।