नेपालगञ्ज, १० पुस । नेपालगञ्जको गणेशमान चोकदेखि पुष्पलाल चोकसम्म ई–रिक्साचल्ने नदिने निर्णयप्रति अटोटेम्पो तथा इ–रिक्सा व्यवसायी संघ बाँकेले आपत्ति जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय बाँकेमा बसेको जिल्ला यातायात व्यवस्थापन समितिको बैठकले गणेशमान चोकदेखि पुष्पलाल चोकसम्म ई–रिक्सा सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ ।
सो निर्णयका विरुद्ध अटोटेम्पो तथा इ–रिक्साव्यवसायी संघ बाँकेका अध्यक्ष धिरजप्रताब सिंहले निर्णय व्यवहारिक नभएको प्रतिक्रिया जनाउनुभयो ।
आज एक विज्ञप्ति जारी गर्दै संघले बुधबार विज्ञप्ती जारी गर्दै उक्त निर्णयको बारेमा पुनःविचार गर्न संघले सरोकारवाला निकायसँग अपिल गरेको छ । निर्णयमाथि पुर्नविचार नभए आन्दोलन गर्ने चेतावनी संघले दिएको छ ।